हैदराबादविरुद्ध मुम्बईले सुरुमा ब्याटिङ गर्ने

हैदराबादविरुद्ध मुम्बईले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत १७ औं खेलमा मुम्बईले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

हैदराबादविरुद्धको खेलमा मुम्बईले भर्खरै दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

जारी प्रतियोगितामा हालसम्म ४ खेल खेलेको मुम्बईले अहिलेसम्म २ मा हार र २ खेलमै जित हासिल गर्दै अंकतालिकामा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

मुम्बई पहिलो खेलमा चेन्नईसँग ५ विकेटले पराजित हुन् पुगेको थियो । भने दोस्रो खेलमा मुम्बईले कोलकतालाई ४९ रनले पराजित गर्दा तेस्रो खेलमा मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित हुन् पुगेको थियो । चौथो खेलमा भने मुम्बईले पन्जावलाई ४८ रनले पराजित गरेको थियो ।

यता हैदराबादले जारी प्रतियोगितामा हालसम्म ४ खेल खेलेको छ । जसमा २ मा जित र २ मा हार व्यहोर्दै ४ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

यसरी आज यी दुई टोली प्रतियोगितामा तेस्रो जितको खोजीमा रहेका छन् । र सोही रणनीतिका साथ मैदानमा उत्रिदै छ ।