onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज आईपीएलमा दुई खेल हुँदै

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् ।

जसमा पहिलो खेलमा अंकतालिकाको पाँचौ स्थानमा रहेको राजस्थान रोयल्सले छठौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ । यी दुईबीचको खेल दिउँसो नेपाली समय अनुसार पौने ४ बजेपछि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा हुनेछ ।

जारी प्रतियोगितामा यी दुई टिमले समान ४ खेल खेल्दा समान २/२ खेल जितेका छन् । यसरी आज हुने खेलमा दुवै टिम तेस्रो जितको खोजीमा रहने छन् ।

यता आजनै नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेलमा कोलकता नाइट राइडर्सको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाहमा हुनेछ। जारी प्रतियोगितामा दिल्लीले ४ खेलमा २ खेल जित्दा अघिल्लो खेल भने गुमाएको थियो ।

प्रतियोगितामा दिल्लीले पहिलो खेलमा पन्जावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नईलाई ४४ रनले पराजित गर्न सफल भएको थियो । यसरी प्रतियोगितामा लगातार दुई खेलमा जित निकालेको दिल्ली तेस्रो खेलमा भने हैदराबादसँग १५ रनले पराजित हुन् पुगेको थियो ।

यता पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित हुन् पुगेको कोलकताले त्यस यता लगातार दुई खेलमा जित हासिल गरेको छ । कोलकताले दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले र तेस्रो खेलमा राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।

तसर्थ आज पनि कोलकता आफ्नो लयलाई यथावत राख्दै प्रतियोगितामा तेस्रो जितको खोजीमा रहने छ । भने दिल्ली पनि तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्