onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हैदराबादले टस जित्यो : रोज्यो ब्याटिङ

एजेन्सी। इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत अहिले १४ औं खेलमा अंकतालिकाको पुछारमा रहेका दुई टिम चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदै छन् ।

यसबीचमा भर्खरै दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर हैदराबादले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जारी प्रतियोगितामा अहिले सम्म समान तीन -तीन खेल खेलका यी दुई टिमले १/१ खेल जितेका छन् । २ अंकका साथ अंकतालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्सले पहिलो खेलमा साविकको विजेता समेत रहेको मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो। यसरी प्रतियोगितामा सुखद सुरुवात गरेको भएपनि त्यसका दुई खेलमा चेन्नई पराजित हुन् पुगेको थियो ।

चेन्नई दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रन र तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन् पुगेको थियो । यता अंकतालिकामा २ अंकसहित चेन्नई भन्दा एक स्थान माथि रहेको हैदराबादले सुरुवातका दुई खेल गुमाएको थियो । भने तेस्रो खेलमा जित हासिल गरेको थियो ।

हैदराबाद पहिलो खेलमा बेंगलोरसँग १० रन र दोस्रो खेलमा कोलकतासँग ७ विकेटले पराजित भएको थियो । भने प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा हैदराबादले दिल्लीले १५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्