onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोनाको लगातार दोस्रो जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ ।लिगमा दोस्रो जित हासिल गर्ने गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा उसका लागि अंशु फाती र सर्जी रोबर्टोले समान एक -एक गोल गर्दा एक गोल उपहारस्वरूप प्राप्त गरेको थियो ।

खेलमा बार्सिलोनाले खेलको ११ औं मिनेटमा अंशु फातीको गोलमार्फत अग्रता कायम गरेको थियो । त्यसपछि पहिलो हाफ भित्र १-० ले अघि रहेको बार्सिलोनाले खेलको ५१ औं मिनेटमा उपहास्वरूप प्राप्त गरेको गोलमार्फत खेलमा अग्रता दोब्बर बनायो ।

उक्त आत्मघाती गोल लुकास ओलजाले गरेका थिए । ४२ औं मिनेटपछि १० खेलाडीमा समेत सिमित हुन् पुगेको बार्सिलोनाले खेलको अत्यतिर इन्जुरी समयमा थप गोल गर्दै खेललाई ३-० ले आफ्नो पक्षमा पार्न सफल भयो । टिमका लागि तेस्रो गोल सर्जी रोबर्टोले गरेका थिए ।

यसअघि लिगको पहिलो खेलमा बार्सिलोनाले भिया रियललाई ४–० ले गोल अन्तरले पराजित गरेको थियो ।यो जितसँगै बार्सा २ खेलबाट ६ अंक जोड्दै अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । भने बार्सासँग पराजित हुन् पुगेको सेल्टा डी भिगो ४ खेलबाट ५ अंकसहित ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्