onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानका अध्यक्ष र सचिवलाई कोरोना सक्रमण

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल कोरोना सक्रमित हुन् पुगेका छन् ।

केहि दिन अघि चितवनमा भएको क्यान केन्दिय समितिको बैठकमा सहभागी जनाएर काठमाडौं फर्किएका उनिहरुमा स्वास्थ्य समस्या देखिएपछि कोरोना भाइरस ( कोभिड -१९ ) को जाँच भएको थियो ।

त्यसपछि यी दुईमा भाइरस देखिएको छ । अहिले दुवै एकान्तवासमा रहेका छन् । यो सँगै अन्य पदाधिकारीहरु पनि अहिले एकान्तवासमा रहेका छन् । भने सबैको कोरोना परिक्षण गरिएको छ । जसमध्य कोषाध्यक्ष रोशन कुमार सिंहको भने परिक्षण नेगेटिभ आएको छ । अन्य पदाधिकारीहरुको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्