onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानले टस जितेर कोलकतालाई दियो ब्याटिङको निम्तो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत प्रतियोगिताको १२ औं खेलमा अहिले राजस्थान रोयल्स र कोलकता नाइट राईडर्स आमने सामने हुँदैछन् ।

भर्खरै दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर राजस्थानले कोलकतालाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।

यसपटकको उपाधि दाबेदारको रुपमा हेरिएको राजस्थानले जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ । अहिलेसम्म २ खेल खेलेको राजस्थानले दुवै खेलमा जित हासिल गरेको छ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलाभेन पन्जावलाई ४ विकेटले पराजित गरेको थियो । दुवै खेलमा राजस्थानलाई ब्याटिङनै जितको ठूलो आधार बनेको थियो । जून राजस्थानको पहिलो पक्ष पनि हो ।

राजस्थानले चेन्नईसँगको खेलमा २ सय १६ रन बनाएको थियो । जसमा चेन्नई २ सय रनमा सिमित हुन् पुगेको थियो। यसपछि दोस्रो खेलमा पन्जावले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्यलाई राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।यसरी प्रारम्भिक दुई खेललाई नियाल्दा राजस्थानको ब्याटिङ कुन किसिमको छ भन्ने सजिल्यै अनुमान गर्न सकिन्छ ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथसहित सन्जु स्यामसनलगायत अन्य खेलाडीहरुले टिमको विश्वासमाथि खरो उत्रिरहेका छन् । जून राजस्थानका लागि सुखद पक्ष हो ।

यता राजस्थानसँग अहिले आमने सामने हुन् लागेको कोलकताको भने प्रतियोगितामा त्यति राम्रो प्रदर्शन हुन् सकेको छैन् ।पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको कोलकताले दोस्रो खेलमा भने हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । यसरी हालसम्म प्रदर्शन र टिमलाई हेर्दा आज हुन् गईरहेको खेलमा राजस्थाननै हाबी हुने प्रबल सम्भावना रहेको छ ।

यदी कोलकताले जित निकाल्ने हो भने राजस्थानको बलियो पक्षमाथि ठूलो अभ्यास गर्नु पर्ने हुन्छ । उसका सुरुवाती खम्बालाई सस्तैमा आउट गरेमा मात्र कोलकताको सम्भावना रहने छ नत्र यसो गर्न असफल रहेमा राजस्थानलाई केहि फरक पर्नेवाला देखिदैन् त्यसको झलक राजस्थानले देखाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्