onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीका कप्तान श्रेयस अय्यरले जरिवाना तिर्नुपर्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरले १२ लाख भारतीय रुपिए जरिवाना तिर्नु पर्ने भएको छ ।

मंगलबार राति भएको सनराइजर्स हैदराबादसँगको खेलमा स्लो ओभर गरेको कारण टिम कप्तानीको हैसियतले उनले उक्त जरिवाना तिर्नु पर्ने भएको हो । यसअघि सोही जरिवानामा बेंगलोरका कप्तान विराट कोहली पनि परेका थिए ।

आईपीएलको आचारसंहिता अनुरुप कुनै टिमले ढिलो गरी बलिङ गर्छ भने टिमको कप्तानले त्यसको जिम्बेवारी लिदैं १२ लाख जरिवाना स्वरूप तिर्नुपर्ने प्राबधान रहेको छ। सोहि अनुरुप श्रेयस अय्यरले पनि १२ लाख भारतीय रुपिए आईपीएल टोलीलाई बुझाउनु पर्ने भएको हो ।

यता उक्त खेलमा दिल्ली १५ रनले समेत पराजित भएको थियो । खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउदै जावाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेलेपनि ७ विकेट गुमाएर १ सय ४७ रनमा सिमित हुन् पुगेपछि खेल हैदराबादले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगितामा आज बुधबार राजस्थान रोयल्सले कोलकताको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्