onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहितलाई अब मात्र २ रनको आवस्यकता

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान तथा कप्तान रोहित शर्मालाई आईपीएलमा ५ हजार रन पूरा गर्न अब मात्र २ रनको आवस्यक रहेको छ ।

सोमबार भएको रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेलमा रोहितले मात्र ८ रन बनाएपछि ५ हजार रन पूरा गर्न उनले आगामी खेलको प्रतिक्षा गर्नु पर्ने भएको छ । अब मुम्बईले आफ्नो चौथों खेलमा बिहिबार किंग्स इलाभेन पंजावको सामना गर्नेछ ।

यदि यो खेलमा उनले मात्र २ रन जोडेपनि उनी आईपीएल इतिहासमा ५ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बन्नेछन् । अहिले सम्म आईपीएलमा १ सय ९१ खेल खेलेका रोहितले उक्त रन बनाउने क्रममा १ शतक र ३७ अर्धशतक समेत प्रहार गरेका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने बेंगलोरका कप्तान विराट कोहली अग्रपंक्तिमा रहेका छन् । उनले हालसम्म ५ हजार ४ सय ३० रन बनाएका छन् । यस्तै रोहित भन्दा माथि रहेका सुरेश रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् ।

चेन्नई सुपर किंग्सबाट खेल्ने रैना यसपटक भने खेलेका छैनन् । आईपीएल खेल्न भनि युएई समेत पुगेका उनि त्यहाँ केही दिन क्वारेन्टाइनमा बसेर पारिवारिक कारण देखाउँदै स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्