onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुपर ओभरमा बेंगलोरले मुम्बईलाई हरायो

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सुपर ओभरमा साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा बेंगलोरले प्रस्तुत गरेको २ सय २ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मुम्बई निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर २ सय १ रनमा सिमित भएपछि खेलले थप रोमान्चक मोड लिएको थियो ।

सुपर ओभरमा मुम्बईले सुरुमा ब्याटिङ गर्दै १ विकेट गुमाएर ७ रन बनाएको थियो । जसमा ब्याटिङमा किरोन पोलार्ड र हार्दिक पाण्डेया रहेका थिए ।भने बलिङ नभदेभ शैनीले गरेका थिए ।

जसमा पोलान्डले पहिलो बलमा १ रन लिए,दोस्रो बलमा हार्दिकले १ रन लिदा तेस्रो बल डट हुन् पुगेको थियो । चौथो बलमा पोलान्डले चौका प्रहार गर्दा पाँचौ बलमा उनि स्वयम् आउट हुन् पुगे । र अन्तिम बलमा पनि मुम्बईले १ रन बनाएको थियो ।

त्यसपछि ब्याटिङ थालेको बेंगलोरले ब्याटिङमा विराट कोहली र एबी डि भिलिअर्सलाई पठाएको थियो भने बलिङमा जसप्रीत बुमराह रहेका थिए । त्यस क्रममा पहिलो बलमा एबीले एक रन लिए , दोस्रो बलमा विराटले पनि एक रन लिए , तेस्रो बल डट हुन् पुग्यो भने चौथो बलमा एबीले चौका प्रहार गरे । पाँचौ बलमा पुन एबीले १ रन लिदाँ खेल थप रोमाञ्चक बन्न पुग्यो । र अन्तिम बलमा कप्तान विराटले चौका प्रहार गर्दै टिमलाई सनसनिपूर्ण जित दिलाए ।

सुपर ओभर अघि मुम्बईका लागि इशान किसनले सर्वाधिक ठूलो पारी खेलेका थिए ।टिमलाई अन्तिम सम्म पुर्याएका उनले ५८ बलको सामना गर्दै २ चौका र ९ छ्क्कासहित ९९ रन बनाएका थिए ।

यस्तै किरोन पोलाण्डले अविजित रहदै ६० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उनले इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरसम्म पुर्याएका थिए । यी बाहेक टिमका लागि हार्दिक पांडेयाले १५ तथा ओपनर ब्याट्सम्यान क्विन्टन डि कोकले १४ रन बनाएका थिए ।

बलिङतर्फ बेंगलोरका ईसुरु उदानाले २ तथा वाशिंगटन सुन्दर, एडम जम्पा र युजवेंद्र चहलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

खेलमा बेंगलोरले सुरुवातबाटै राम्रो गरेको थियो । जसअन्तर्गत ओपनरद्वय देवदत्त पडिक्कल र आरोन फिन्चले टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा ८१ रनको ओपनिङ साझेदारी गरेका थिए ।

नवौं ओभरका अन्तिम बलमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका आरोनले ५२ रन बनाए । ट्रेंट बोल्टको बलमा किरोन पोलाण्डको हातबाट क्याच आउट हुनुअघि उनले उक्त अर्धशतकीय पारी खेल्ने क्रममा ३५ बलमा ७ चौका र १ छ्क्का प्रहार गरेका थिए ।

आरोन आउट भएपछि देवदत्तलाई साथ दिन कप्तान विराट कोहली मैदानमा आएका थिए । तर उनि यस खेलमा पनि असफल हुन् पुगे । यसअघिका दुई खेलमा पनि सस्तैमा आउट हुन् पुगेका विराटले यस खेलमा पनि मात्र ३ रन जोडे ।

१३ औं ओभरको दोस्रो बलमा उनलाई राहुल चाहारले पभेलियनको बाटो देखाईदिएका थिए । त्यसपछि भने बेंगलोरको पारीलाई ओपनर ब्याट्सम्यान देवदत्त र एबी डि भिलिअर्सले अगाडि बढाए । यी दुईबीच तेस्रो विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।

१७.१ ओभरमा टिमको स्कोर १ सय ५४ रन हुँदा तेस्रो विकेटका रुपमा देवदत्त आउट हुन् पुगेका थिए । ट्रेंट बोल्टको बलमा आउट हुनुअघि उनले ४० बलको सामना गर्दै ५ चौका र २ छ्क्कासहित ५४ रनको योगदान गरे ।

अत्यमा एबी डि भिलिअर्सले अविजित रहदै ५५ रन र शिभम दुबेले पनि अविजित रह्दै २७ रन जोडेपछि बेंगलोरले उक्त विशाल योगफल खडा गर्न सफल भएको थियो ।

यो जितसँगै बेंगलोर ३ खेलबाट ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता बेंगलोरसँग पराजित भएको मुम्बई समान ३ खेलबाट २ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत मंगलबार नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले हैदराबादको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्