onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बई दोस्रो जितको खोजिमा

एजेन्सी । साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दोस्रो जितको खोजीमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज सोमबार मुम्बईले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

प्रतियोगितामा यसअघि मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मुम्बईले कोलकता नाइट राईडर्सलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा ४९ रनले पराजित गरेको थियो ।

यता आज मुम्बईको सामना गर्न लागेको बेंगलोरले भने पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । तर दोस्रो खेलमा भने बेंगलोरले लज्जास्पद हार वव्यहोर्न बाध्य भयो । लज्जास्पद हार व्यहोर्ने क्रममा बेंगलोर पंजावसँग ९७ रनले पराजित हुन् पुगेको थियो ।

यस अर्थमा पनि बेंगलोरलाई आजको खेल अझ विशेष रहने छ । अघिल्लो खेलमा भएको प्रदर्शनलाई भुलाउन पनि बेंगलोर आज मुम्बईलाई जसरी पनि हराउने सोचका साथ मैदानमा उत्रिने छ । तर यसो भन्दै गर्दा राम्रो लयमा देखिएको मुम्बईविरूद बेंगलोरका लागि साचिक्कै अग्नि परिक्षा हुनेछ ।

यता अंकतालिकामा मुम्बई अहिले २ अंकसहित चौथो स्थानमा रहेको छ भने समान २ अंक रहेको बेंगलोर पुछारबाट दोस्रो स्थानमा रहेको छ । अंकतालिकाको शीर्षस्थानमा भने नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स रहेको छ । प्रतियोगितामा हालसम्म २ खेल खेलेको दिल्लीले दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्