onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसले टि – ट्वान्टी अन्तर्राष्ट्रियमा कीर्तिमान बनाएको एक वर्ष पूरा

काठमाडौं ( अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय टि – ट्वान्टी विश्वकपमा पहिलो शतक पूरा गरेको आज एक वर्ष पुगेको छ ।

गत वर्ष उनले सिंगापुरमा भएको जिम्बाबे , नेपाल र सिंगापुरबीचको त्रिकोणात्मक सिरिजका दौरान पहिलो शतक घरेलु टोलीविरूदको खेलमानै प्रहार गरेका थिए ।

सिरिज अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा टेस्ट मान्यता प्राप्त मुलुक जिम्बावेसम्म ५ विकेटले पराजित भएको थियो । जसमा नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको विजयी चुनौतीलाई जिम्बाबेले १८.५ ओभरमा पूरा गरेको थियो । यस खेलमा पारसले १८ रन बनाएका थिए । जसमा नेपालबाट इशान पाण्डे र कुशल मल्लले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु समेत गरेका थिए ।

त्यसपछि नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली सिंगापुरको सामना गरेको थियो । सिंगापुरस्थित इन्डियन एसोसियन क्रिकेट मैदानमा भएको खेलमा टस जितेर सुरुमा सिंगापुरले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । त्यसपछि सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपालले उक्त चुनौतीलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले सानदार जित निकाल्ने क्रममा पारस नायक सावित भएका थिए टि -ट्वान्टी अन्तर्राष्ट्रियमा यो पनि नेपालको एक राम्रो जित मध्यमा पर्छ । इशान पाण्डेसँगै ओपनिङ गरेका पारसले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्कासहित अविजित रहदै १ सय ६ रन बनाएका थिए । यसरी शतक प्रहार गरेपछि उनि नेपालबाट टि -ट्वान्टी अन्तर्राष्ट्रियतर्फ शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी मात्रै बनेनन् उनि कप्तानको रुपमा लक्ष्यलाई पछ्याउदै शतक बनाउँने विश्वको पहिलो खेलाडी समेत बनेका थिए ।

पारसमय बनेको खेलमा पारस बाहेक मोहम्मद आरिफ शेखले पनि अविजित रहदै ३९ तथा ओपनर इशान पाण्डेले ५ रन बनाएका थिए ।
त्यसपछि सिरिजको तेस्रो खेलमा जिम्बाबेसँग नेपाल पुन:४० रनले पराजित भएको थियो जसमा पारसले १२ रन बनाएका थिए सिंगापुरसँगको दोस्रो खेल भने हुन् सकेको थिईन् । यो सिरिज नेपालले लगतै ओमानमा पाँच राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेलेको थियो जसमा घरेलु टोली ओमान सँगै नेपाल, नेदरल्यान्ड्स, हङकङ र टेष्ट राष्ट्र आयरल्यान्ड रहेका थिए ।

यस सिरिजलाई आईसीसी विश्वकपको अन्तिम छनोट ग्लोबल क्वालिफायर को तयारीको रुपमा लिईएको थियो । जसमा नेपालबाहेक अन्य ४ राष्ट्रको सह्भागिता रहेको थियो । नेपाल भने एसिया क्वालिफायरबाटै बाहिएको थियो । पछि ग्लोबल क्वालिफायरबाट विश्वकपका लागि नेदरल्ल्यान्ड , पपुवा न्युगिनी , आयरल्यान्ड , नामिबिया , ओमान र स्कटल्यान्ड छनोट भएका थिए ।

यसै वर्ष अष्ट्रेलियामा हुने भनिएको टि –ट्वान्टी विश्वकप भने कोरोना भाइरस (कोभिड -१९ ) का कारण स्थगित हुन् पुगेको थियो । अब विश्वकप सन् २०२१ को अक्टोबर-नोभेम्बरमा हुने भनिएको छ र त्यसको अर्को वर्ष फेरी अर्को टि –ट्वान्टी विश्वकप हुनेछ ।

प्रतिक्रिया दिनुहोस्