onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोनाको सानदार सुरुवात

एजेन्सी स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सानदार सुरुवात गरेको छ सानदार सुरुवात गर्ने क्रममा बार्साले गएराति भिल्लारियललाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

नयाँ सिजनमा सुखद सुरुवात गर्ने क्रममा बार्साका लागि अंशु फातीले दुई गोल गर्दा लियोनेल मेस्सीले पनि एक गोल गरेका थिए भने एक गोल उपहार स्वरूप प्राप्त गरेको थियो ।

खेलमा बार्सिलोनाले फातीको गोलमार्फत अग्रता बनाएको थियो । उनले पहिलो गोल १५ औं मिनेटमा गरेका थिए । त्यसपछि उनले नै खेलको १९ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि भने मेस्सीले खेलको ३५ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे ।उनले उक्त गोल पेनाल्टीमार्फत गरेका थिए ।बार्सा ३-० ले अगाडी बढ्दै गर्दा पहिलो हाफको अन्त्य तिर बार्साले एक गोल उपहार स्वरूप प्राप्त गरेको थियो ।भिल्ला रियलका पाउ टोर्रेसले उक्त आत्मघाती गोल गरेका थिए ।

यसरी पहिलो हाफ भित्र बार्साले ४-० को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन् सकेन र खेल बार्साले ४-० गोल अन्तरले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्