onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित

एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हासिल गरेको छ ।

लिगमा पहिलो जित हासिल गर्ने क्रममा युनाइटेडले गएराति भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४० औं मिनेटमा नील मौपेले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको ३ मिनेटपछि युनाइटेडले उपहार गोल प्राप्त गरेपछि खेल बराबरी हुन् पुग्यो ।

ब्राइटनका लुईस डंकले खेलको ४३ औं मिनेटमा आत्मधाती गोल गर्न पुगेपछि खेल बराबरी हुन् पुगेको थियो ।

त्यसपछि ५५ औं मिनेटमा मार्कस र्‍यासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । २-१ ले पछि परिरहेको अवस्थामा ब्राइटनका सोली मार्चले इन्जुरी समयको चौथों मिनेटमा गोल गरेपछि खेलले रोमान्चक मोड लिएको थियो ।

खेल बराबरीमा चल्दै गर्दा अत्यतिर युनाइटेडका ब्रूनो फर्नांडीसले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेडलाई खेल आफ्नो पक्षमा पार्न प्रयाप्त बन्यो ।

यो जितसँगै २ खेल खेलेको युनाइटेड ३ अंकका साथ १३ औं स्थानमा रहेको छ । भने युनाइटेडसँग पराजित हुन् पुगेको ब्राइटन ३ खेलबाट ३ अंकसहित अंकतालिकाको ११ आउनेजाने स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्