onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेल्सी हारबाट जोगियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा चेल्सी र वेस्ट ब्रोमबीचको खेल ३-३ को बराबरीमा सकिएको छ ।

रोमाञ्चक बनेको खेलमा चेल्सीले ३ – ० को अग्रतालाई उल्टाएर खेललाई बराबरीमा ल्याएको थियो । खेलमा वेस्ट ब्रोमले खेलको चौथो मिनेटमै अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल कैलम रॉबिन्सनले गरेका थिए ।

त्यसपछि उनलेनै टिमका लागि २५ औं मिनेटमा दोस्रो गोल गरे । त्यसको २ मिनेटपछि वेस्ट ब्रोमले अर्को गोल गर्न सफल भयो । उक्त गोल
काइल बार्टले गरेका थिए ।

यसरी पहिलो हाफ भित्र ३-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा भने आक्रमक शैली प्रस्तुत गर्यो । जसको फलस्वरुप ३ गोल समेत फर्काउन सफल भयो ।

उसका लागि मासोन माउंटले खेलको ५५ औं मिनेटमा टिमका लागि पहिलो गोल गर्दा कैलम हडसन ओडोइले ७० औं मिनेटमा दोस्रो गोल गरे ।

त्यसपछि खेलमा ३-२ ले पछि परिरहेको अवस्थामा अन्त्यतिर टमी अब्राहमले गोल गरेपछि चेल्सी हारबाट जोगिएको थियो ।

यो बराबरीसँगै ३ खेल खेलेको चेल्सी ४ अंकसहित अंकतालिकाको छ्टौं स्थानमा रहेको छ । यता समान ३ खेल खेलेको वेस्ट ब्रोम १ अंकसहित अंकतालिकाको १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्