onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलमा कोलकताको पहिलो जित : हैदराबाद फेरी पराजित

एजेन्सी । कोलकता नाइट राईडर्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पहिलो जित हासिल गरेको छ ।

कोलकताले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा शनिबार राति सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्न सफल भएको छ । यसअघि कोलकता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने हैदराबादको यो लगातार दोस्रो हार हो । यसअघि हैदराबाद बेंगलोरसँग १० रनले पराजित भएको थियो ।

यता खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी चुनौतीलाई कोलकताले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा ओपनर ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक ठूलो पारी खेले । ६२ बलको सामना गरेका उनले ५ चौका र २ छ्क्कासहित ७० रन बनाए ।

यस्तै टिमका लागि इयोन मोर्गनले अविजित रहदै ४२ रन तथा नितिश रानाले २६ रनको योगदान गरेपछी कोलकतालाई जित निकाल्न प्रयाप्त भएको थियो ।

बलिङतर्फ हैदराबादका खलिल अहमद ,नटराज र राशिद खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस जितेर हैदराबादले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

हैदराबादले उक्त स्कोर बनाउने क्रममा सुरुवात भने मध्यम गरेको थियो । ३.६ ओभरमा टिमको स्कोर २४ रन हुँदा टिमले ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोलाई सस्तैमा गुमाएको थियो । उनले मात्र ५ रन बनाएका थिए ।

त्यसपछि अर्का ओपनर तथा टिमका कप्तान डेविट वार्नर पनि ३६ रन बनाएर आउट हुन् पुगे । ९.१ ओभरमा टिमको स्कोर ५९ रन हुँदा आउट हुन् पुगेका वार्नरले उक्त रन बनाउने क्रममा ३० बलको सामना गर्दै २ चौका र १ छक्का समेत प्रहार गरे ।

वार्नर आउट भएपछि टिमको पारीलाई मनिष पाण्डे र रिद्धिमान साहाको जोडीले अगाडी बढाएका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।

तर १७.४ ओभरमा टिमको स्कोर १ सय २१ रन हुँदा मनिष पाण्डे तेस्रो विकेटका रुपमा पभेलियन फर्किए । आन्द्रे रसेलको बलमा आउट हुन् पुगेका उनले ३८ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ५१ रनको योगदान गरे ।

पाण्डे आउट भएपछि साहालाइ साथ दिन अफगानिस्तानका स्टार खेलाडी मोहम्मद नबी मैदानमा आएका थिए । त्यस क्रममा साहाले ३० तथा नबीले अविजित रहदै ११ रङ बनाए ।

बलिङतर्फ कोलकताका वरुण चक्रवर्ती , प्याट कमिंस र आन्द्रे रसेलले समान १/१ विकेट हात पारेका थिए ।

अब प्रतियोगिता अन्तर्गत आईतबार राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जावबीच प्रतिष्पर्दा हुनेछ । शारजाहमा हुने यस खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्