onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिविलियर्स र देवदत्तको अर्धशतकमा बेंगलोरले दियो हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत तेस्रो खेलमा अहिले सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गरिरहेको छ ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरले उक्त रन बनाउने क्रममा सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो ।

टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा बेंगलोरका ओपनरद्वय एरोन फिंच र देवदत्त पडिक्कलले ९० रनको ओपनिङ साझेदारी गरेका थिए ।

११ औं ओभरको अन्तिम बलमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका देवदत्तले अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले विजय सङ्खरको बलमा आउट हुनुअधि ८ चौका प्रहार गरे ।

देवदत्त आउट भएपछि अर्को बलमा अर्का ओपनर आरोन फिन्च पनि आउट हुन् पुगे । २७ बलको सामना गरेका उनले १ चौका र २ छ्क्कासहित २९ रनको योगदान गरे ।

ओपनरहरुले इनिङलाई राम्रो स्थितिमा पुर्याएर छोडेपछि त्यसलाई निरन्तरता दिन कप्तान विराट कोहली तेस्रो नम्बरमा ब्याटिङ गर्न आए । उनिबाट सदाझै टिमले ठूलो आशा पनि गरेको थियो । तर उनि सिजनको पहिलो खेलमानै असफल हुन् पुगेका छन् । उनले मात्र १४ रन जोडे ।

त्यसपछि बेंगलोरको पारीलाई एबी डिविलियर्सले अगाडी बढाए । जस अन्तर्गत उनले ५१ रनको योगदान समेत गरे । उनले उक्त रन बनाउने क्रममा ३० बलको सामना गर्दै ४ चौका र २ छ्क्कासमेत प्रहार गरे ।

बलिङतर्फ हैदराबादका विजय सङ्खर,अभिषेक शर्मा र नटराजनले समान १/१ विकेट लिएका थिए ।

अब बेंगलोरले प्रस्तुत गरेको १ सय ६४ रनको विजयी चुनौतीलाई पछ्याउँदै हैदराबादले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्