यूएस ओपनको उपाधि डोमिनिकलाई

यूएस ओपनको उपाधि डोमिनिकलाई

एजेन्सी । अष्ट्रियाका डोमिनिक थीमले यूएस ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् ।

सोमबार बिहान न्यूयोर्कस्थित आर्थर ऐश स्टेडियममा भएको प्रतियोगिताको फाइनल खेलमा अलेक्झांडर झवेरवलाई पराजित गर्दै डोमिनिक पुरुष एकलतर्फ पहिलोपटक च्याम्पियन बनेका हुन् ।

पहिलो पटक च्याम्पियन बन्ने क्रममा उनले सुरुवाती दुई सेट भने गुमाउन पुगेका थिए । तर पछि राम्रो पुनरागमन गरेपछि उनलाई इतिहास रच्न प्रयाप्त बन्यो । उनले २-६ , ४-६ , ६-४ , ६-३ ,७-६ (६ ) को सेटमा जित निकालेका थिए ।

यता महिला एकलतर्फको यूएस ओपन जापानिज खेलाडी नाओमी ओसाकाले जितेकी थिइन् । आईतबार भएको फाइनल खेलमा बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले उपाधि जित्न सफल भएकी थिइन् ।

उनि महिला एकलतर्फ च्याम्पियन बन्ने क्रममा भिक्टोरियामाथि १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी थिइन् । यो सँगै ओसाका यूएस ओपनमा दुईपटक च्याम्पियन बनेकी छिन् । यसअघि उनले सन् २०१८ मा पनि जितेकी थिइन् ।