onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेरेना युएस ओपनको सेमिफाइनलमा

एजेन्सी । अमेरिकन स्टार खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

बुधबार भएको क्वार्टरफाइनल खेलमा बुल्गेरियाकी खेलाडी स्वेताना पिरोंकोवालाई पराजित गर्दै सेरेना सेमिफाइनल पुगेकी हुन् ।

सेमिफाइनल पुग्ने क्रममा सेरेनाले स्वेताना पिरोंकोवालाई ४-६ , ६-३ , ६-२ ले पराजित गरेकी थिइन् ।

अब सेरेनाले सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्काको सामना गर्नेछिन् । युएस ओपनको ६ पटक च्याम्पियन सेरेनाले सन् २०१४ पछि उपाधि जितेकी छैनन् ।

सन् १९९९ मा पहिलोपटक उपाधी जितेकी उनले त्यसपछि सन् २००२ , २००८ पनि जितेकी थिइन् । त्यसपछि २०१२ देखि लगातार तीन पटक उनले युएस ओपन टेनिस जित्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्