onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियाको सान्त्वना जित

एजेन्सी । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टी- ट्वान्टी सिरिजको अन्तिम खेलमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ ।

गएराति भएको खेलमा अष्ट्रेलियाले जित हासिल गर्ने क्रममा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । यो सँगै तीन खेलको सिरिज इंग्ल्यान्डले २-१ जितेको छ ।

खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्यलाई अष्ट्रेलियाले१९.३ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

सिरिजमा अष्ट्रेलियालाई सान्त्वना जित दिलाउने क्रममा उसका लागि कप्तान आरोन फिन्च र मिचेल मार्शले समान ३९/३९ रनको योगदान गरेका थिए भने मार्कस स्टोइनिसले पनि २६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ इंग्ल्याडका आदिल राशिदले ३ तथा टम कुरान र मार्क वुडले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

उसका लागि ओपनर तथा विकेटकिपर ब्याट्सम्यान जोनि बेयरस्टोले सर्वाधिक ठूलो पारी खेलेका थिए । त्यस क्रममा अर्धशतक बनाएका उनले ४४ बलको सामना गर्दै ३ चौका र ३ छ्क्कासहित ५५ रन बनाएका थिए ।

यस्तै मोइन अलिले २३ रन तथा डेविड मालनले २१ रन र जो डेन्लीले अविजित रहदै २९ रन बनाएका थिए ।

बलिङमा अष्ट्रेलियाका एडम जम्पाले २ विकेट हात पारे भने मिचेल स्टार्क,जोश हेजलवुडकेन रिचर्डसन र एस्टन अगरले पनि समान १/१ विकेट लिन सफल भएका थिए ।

टी- ट्वान्टी पछि अब यी दुईबीच तीन खेलको एकदिवसीय खेल हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ । जून सिरिज आईसीसी विश्वकप छ्नोट अन्तर्गत सुपर लिग मातहतको हो ।

प्रतिक्रिया दिनुहोस्