onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तेक्वान्दो डोजाङ प्रमुखको कोरोना बीमा

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बीमा गरिदिएको छ । जसअन्तर्गत जम्मा १ सय ३ जनाको कोरोना बीमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

बीमा सेप्टेम्बर १५ देखि लागू भई १ वर्षसम्म कायम रहने छ । सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।

बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघ स्वयम् आफैले व्यवस्थापन गरेको थियो भने बाँकीका लागि सगरमाथा तेक्वान्दो डोजाङ र लन्डनका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्