onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेमिफाइनलमा जमैकाले नाइट राईडर्ससँग खेल्ने

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को पहिलो सेमिफाइनल खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाजले त्रिनबागो नाइट राईडर्सको सामना गर्नु पर्ने भएको छ ।

शनिबार राति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएसँगै सेमिफाइनलमा जमैकाको भेट नाइट राईडर्ससँग भएको हो ।

प्रतियोगिताको प्राबधान अनुसार लिग चरणबाट अंकतालिकामा पहिलो स्थानमा रहने र चौथों स्थानमा रहने पहिलो सेमिफाइनल मा भिड्ने गर्छन् । सोही अनुरुप यी दुई आमने सामने हुन् लागेका हुन् ।

जारी प्रतियोगितामा नाइट राईडर्स निकै राम्रो लयमा रहेको छ । हालसम्म अपराजित रहेको नाइट राईडर्सले ९ खेल खेल्दै १८ अंक जोडेको छ । यता समान ९ खेलनै खेलेको जमैकाको भने मात्र ७ अंक रहेको छ ।

यदी गएराति भएको खेलमा जित निकाल्दै आफ्नो अन्तिम खेलमा पनि विजयी भएको भए जमैका तेस्रो स्थानमा रहदै लिग चरणलाई समापन गर्ने थियो । तर त्यसो हुन् सकेन । अब जमैकाले लिग चरणको आफ्नो अन्तिम खेलमा सेमिफाइनल पुगिसकेको सेन्ट लुसियासँग आज राति १२ बजेपछि खेल्दैछ । त्यसअघि आजनै नाइट राईडर्सले सेन्ट किट्सको सामना गर्नेछ ।

यता यी दुईबीचको सेमिफाइनल खेल मंगलबार हुनेछ । जुन खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि हुनेछ । भने गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया बीचको दोस्रो सेमिफाइनल खेल भने बुधबार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्