onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलको उद्घाटन खेलमा चेन्नई र मुम्बईनै भिड्ने उच्च सम्भावना

एजेन्सी । सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सनै भिड्ने उच्च सम्भावना रहेको छ ।

आईपीएलको प्राबधान अनुसार अघिल्लो सिजनको फाइनलमा पुगेको टिमले अर्को सिजनको उद्घाटन खेलमा प्रतिष्पर्दा गर्ने गर्छन् । तर यसबीचमा युएईमा रहेको चेन्नई सुपर किंग्स टोलीमा कोरोना सक्रमण देखिएपछि मुम्बई र चेन्नईबीचको उद्घाटन खेल अन्योलमा परेको थियो ।

अहिले चेन्नईका सक्रमित खेलाडी र अफिसियल रिकभर हुँदै गर्दा बाँकी सदस्यहरुको पनि कोरोना सक्रमण नेगेटिभ आएपछि चेन्नई अहिले तयारीका क्रममा मैदानमा फर्कि सकेको छ । सक्रमित भने अझै केहि दिन क्वारेन्टाइनमा बस्नेछन् ।

यता प्रतियोगिताको मिति नजिकिँदै गर्दा आईपीएलको अझै पूर्ण खेल तालिका भने अझै सार्वजनिक भएको छैन । भारतीय संचारमाध्यमका रिपोर्ट अनुसार खेल तालिका तयार भईसकेको बताईएको छ ।

र त्यसलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीसामू पठाई पनि सकिएको छ । यस्तोमा अब भने खेल तालिका चाडैंनै आउने बताईएको छ । गत संस्करणमा चेन्नईलाई २ रनले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्