onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अफगानी खेलाडीले सिपीएलको बाँकी खेल नगुमाउने : बोर्डले भन्यो‘ढुक्कसँग खेल्नुहोस् ’

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा अफगानिस्तानका खेलाडीहरुले बाँकी खेल नगुमाउने भएका छन् ।

यसअघि यहीँ आईतबार देखि सुरु हुन् गईरहेको अफगानिस्तानको घरेलु क्रिकेट प्रतियोगिता शापेजा क्रिकेट लिगका लागि अफगानिस्तान क्रिकेट बोर्ड(एसीबी) ले उनिहरुलाई अफगानिस्तान फर्किन भनेको थियो ।

तर सिपीएलमा राम्रो गरिरहेका अफगानी खेलाडीले बोर्डसामू सिपीएललाईनै निरन्तरता दिने बताएपछि खेलाडीको सोचलाई कदर गर्दै बोर्डले खेलाडीलाई ढुक्कका साथ खेल्न भनेको हो ।

यस संस्करणको सिपीएलमा अफगानिस्तानका ६ खेलाडीहरुले प्रतिनिधित्व गरेका छन् । जसमध्य राशिद खानसहित मुजिव उर रहमान,मोहम्मद नबी , नवीन उल हक,जाहिर खान र नजिबुल्ला जार्दन रहेका छन् ।

जसमा सेन्ट लुसियाबाट नबी,जाहिर र जार्दन खेलिरहेका छन् । भने मुजिव जमैका तल्लावाजबाट ,नवीन उल हक गुयाना अमेजन वारियर्सबाट र राशिद खान बार्बाडोस ट्राईडेन्ट्सबाट खेलिरहेका छन् ।

जसमध्य राशिदको टिम बार्बाडोसबाहेक अन्य सबैको टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । सेप्टेम्बर १० तारिखसम्म चल्ने सिपीएल पछि राशिद , नबी र मुजिव इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्न उत्तैबाट युएई प्रस्थान गर्नेछन् ।

यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईका तीन ठूलो शहरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्