onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्ततः मेस्सी बार्सिलोनामानै रहने

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अन्ततः स्पेनिस क्लब बार्सिलोनामानै रहने भएका छन् ।

केही दिनअघि उनले आफुले बार्सिलोना छोड्ने भन्दै क्लबलाई फुकुवा गरिदिनका लागि आग्रह गरेका थिए ।

यस्तोमा क्लबले उनको आग्रहलाई अस्वीकार गर्दै उनलाई पूर्व सम्झौता अनुसार अघि बढ्ने बताएपछि अन्ततः उनि बार्सिलोनामा रहन बाध्य भएका हुन् ।

शनिबार विश्व फुटबलको चर्चित वेवसाइट गोलसँग कुरा गर्दै उनले उक्त कुराबारे स्पष्ट पारेका थिए । त्यस अन्तर्वार्तामा उनले बार्सिलोनाले आफू प्रती देखाएको ब्यबहारप्रति खेद प्रकट पनि गरेका थिए ।

पछिल्लो समय क्लब ब्यबस्थापनसँग तालमेल नमिल्दा उनले लामो समय बिताएको बार्सिलोना छोड्ने सोच बनाएका थिए । अब कम्तिमा उनि एक लिग सिरिज बार्सिलोनाबाटै खेल्नेछन् । उनको क्लबसँग सम्झौता सन् २०२१ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्