अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्ने

अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

साउथह्याम्प्टनस्थित रोज बाउलमा भर्खरै भएको टसमा टस जितेर पाहुना टोली अष्ट्रेलियाले सुरुमा बलिङ गर्ने निर्णय गरेपछि इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

कोरोना भाइरस (कोभिड-१९ ) का कारण लामो समय मैदान बाहिर रहेको अष्ट्रेलिया यो खेलबाट मैदानमा फर्किदै छ । भने इंग्ल्यान्डले यसअघि वेस्ट इन्डिज , आयरल्यान्ड र पाकिस्तानसँग क्रिकेट खेलिसकेको छ ।

यी दुई टिमबीच अघिल्लोपटक सन् २०१८ जूनमा भेट भएको थियो । जहाँ एक खेल मात्र भएको थियो । जसमा इंग्ल्यान्डले अष्ट्रेलियालाई २८ रनले पराजित गरेको थियो ।

लामो समयको अन्तरालपछि क्रिकेटमा फर्किन लागेको अष्ट्रेलिया सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । भने घरेलु टोली पनि आफ्नो लयलाई यथावत राख्दै अगाडि बढ्न चाहन्छ ।

सिरिज अन्तर्गत दोस्रो खेल आईतबार र तेस्रो खेल मंगलबार हुनेछ । टी- ट्वान्टी सिरिजपछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जून सिरिज आईसीसी विश्वकप छ्नोट अन्तर्गत सुपर लिग मातहतको हो ।

इंग्ल्यान्ड प्लेइङ -११ : जोनी बेयरस्टो, जोस बटलर , डेविड मालन, टम बैन्टन, इयोन मोर्गन (कप्तान ), मोईन अली, क्रिस जोर्डन, टम कुरान, जोफ्रा आर्चर, मार्क वुड र आदिल रशीद

अष्ट्रेलिया प्लेइङ -११ : आरोन फिंच (कप्तान ), डेभिड वार्नर, स्टीवन स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मार्कस स्टोइनिस, एस्टन अगर, प्याट कमिन्स, मिशेल स्टार्क, केन रिचर्डसन, र एडम जम्पा