onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपद्वारा ललितपुर घटनाप्रति दुःख व्यक्त

काठमाडौं (अनलाइन खेल खबर ) ।बिहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको घटनालाई लिएर नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले दु:ख यक्त गरेका छन् ।
फाइल फोटो ।
हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल ) खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले उक्त घटना प्रति सामाजिक संजालमार्फत दु:ख ब्यक्त गरेका हुन् ।

शुक्रबार बिहान आफ्नो ट्विटरमा उनले घटनालाई अविश्वसनीय बताएका छन् । जुन नहुनु पर्ने थियो । उनले उक्त ट्विटमा उल्लेख गरेका छन् ।

घटना घटेको दिन बिहिबार पुल्चोकमा स्थानीयहरु जसरी पनि मच्छिन्द्रनाथको रथ तान्ने अडानमा देखिएपछि त्यस आसपासमा भिड जम्मा हुन् थालेको थियो ।

हाल कोरोना सक्रमणको रोकथामका लागि सरकारले यी यस्ता सामुहिक उपस्थितिमा निषेध गरेको छ । यस्तो अवस्थामा जसरी त्यहाँ रथ तान्ने नाममा बाक्लो सङ्ख्यामा मानिसको उपस्थित भएपछि त्यस दिन प्रहरीले बारम्बार त्यस कार्य रोकेर घर फर्किन आग्रह गर्दै माईकिङ गरिरहेको थियो ।

तर प्रहरीको आग्रहलाई अटेरी गर्दै सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले रथ तान्न सुरु गरेपछि प्रहरीले बाध्य भएर भिडलाई हटाउन अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो ।

त्यसपछि स्थानिय केही युवाहरु अझ आक्रमक शैलीमा प्रस्तुत हुँदा दिनभरी त्यस क्षेत्र तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्