onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानले गर्यो मुख्य प्रशिक्षकसहित विभिन्न पदमा आवेदन खुल्ला

काठमाडौं (अनलाइन खेल खबर )। नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित रिक्त रहेका पाँच पदको लागि खुल्ला आवेदन मागेको छ ।

क्यानले बिहिबार राष्ट्रिय पत्रिकामार्फत विज्ञापन निकाल्दै मुख्य प्रशिक्षकसहित रिक्त रहेको महा प्रबन्धक,प्रमुख वित्तिय अधिकारी,स्थानिय प्रशिक्षण,क्रिकेट ब्यबस्थापक पदका लागि आवेदन माग गरेको छ ।

विज्ञापनमा उल्लेख गरेअनुसार मुख्य प्रशिक्षकको हकमा जसले नेपाली क्रिकेट टिमको प्रदर्शन र नतिजालाई पनि सुधार गर्न सक्ने उच्च स्तरको प्रशिक्षकलाई क्यानले प्राथमिकता दिने बताएको छ ।

मुख्य प्रशिक्षक बन्नका लागि मुख्यतया आईसीसी पूर्ण सदस्य , फस्ट क्लास क्रिकेट,एसोसियट टिम तथा अन्तर्राष्ट्रिय लिगहरुमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने क्यानले अनिवार्य सर्त राखेको छ । भने ईसीबी अथवा सीए लेभल ३ कोचिङ पार गरेको हुनु पर्नेछ ।

यस्तै सामान्य कम्प्युटरको ज्ञान र अग्रेजी भाषामा समेत दख्खल हुनुपर्नेछ। यसका साथै उमेर पनि ६० वर्ष मुनिको हुनुपर्नेछ ।

यस्तै अन्य पदमा पनि क्यानले पद अनुरुपका सर्तहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्