onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्राजिलियन स्टार फुटबलर नेयमारलाई कोरोना सक्रमण

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध ब्राजिलियन स्टार खेलाडी नेयमारलाई कोरोना सक्रमण पुष्टि भएको छ ।

बुधबार पीएसजीले एक विज्ञप्ति जारी गर्दै आफ्ना तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । तर क्लबले सक्रमितको नाम भने बाहिए ल्याएको थिएन ।

तर त्यसको केहि समयपछि फ्रान्सेली संचारमाध्यमले नेयमारसहित क्लबका एन्जल डि मारिया र लिएन्द्रो पारेडेसलाई संक्रमण भएको भन्दै समाचार बाहिर ल्याएका थिए ।

सक्रमित भएका यी तिनै जना अब कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्नेछन् । आफ्ना मुख्य तीन खेलाडीमा कोरोना सक्रमित देखिएपछि अहिले पिएसजीले लिग वानका खेल स्थगित गर्न अनुरोध गरेको छ ।

यसअघि पनि पिएसजी च्याम्पियन्स लिगको फाइनल पुगेपछि लिगका सुरुवाती खेलहरु पनि सारिएका थिए। पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १- ० ले पराजित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्