onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईसीसी वरियतामा नेपालबाट दुई खेलाडी मात्र समावेश : वरियतामा पारसको सुधार

काठमाडौं (अनलाइन खेल खबर )। नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले जारी गरेको नयाँ टी- ट्वान्टी वरियतामा सुधार गरेका छन् ।

कोरोना भाइरस ( कोभिड-१९ ) का कारण लामो समय देखि आईसीसीले वरियता सार्वजनिक गरेको थिएन । यस्तोमा लामो अन्तरालपछि सार्वजनिक गरेको वरियतामा नेपालबाट सन्दीप र पारसले मात्र स्थान बनाएका छन् ।
त्यस क्रममा पारस ब्याटिङतर्फ ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनि ७५ औं स्थानमा रहेका थिए ।

ब्याटिङतर्फको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम रहेका छन् । भने दोस्रो स्थानमा भारतका लोकेश राहुल र तेस्रो स्थानमा अष्ट्रेलियाका आरोन फिन्च रहेका छन् ।
अलराउन्डरतर्फको वरियतामा भने मात्र २० खेलाडीलाई आईसीसीले समावेश गरिएको छ । जसमा नेपालका कुनै पनि खेलाडीहरुले स्थान बनाउन सकेनन् । जसमा अफगानिस्तानका मोहम्मद नबी शीर्षस्थानमा रहेका छन् । भने दोस्रो स्थानमा जिम्बाबेका शन विलियम्स र तेस्रो स्थानमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन् ।

यता बलिङतर्फ अफगानिस्तानका दुई स्पिनर राशिद खान र मुजिव उर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा अष्ट्रेलियाका एडम जम्मा रहेका छन् । यता नेपालका सन्दीप लामिछाने भने ७९ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्