onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपको जादु कायमै : सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा आफ्नो प्रभाव छोडिरहेका छन् । जसमा उनको जादुमय बलिङ विपक्षी खेलाडीलाई टाउको दुखाई बनिरहेको छ ।

त्यसैको फलस्वरुप उनि सबै खेलमा विकेट लिन सफल पनि भईरहेका छन् । हालसम्म १० विकेट लिईसकेका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा रहेका छन् ।

मंगलबार त्रिनबागो नाइट राईडर्ससँगको खेलमा १ विकेट लिएपछि उनि सूचीको पाँचौ स्थानमा रहन सफल भएका हुन् ।

जमैका तल्लावाजसँग आवद्ध सन्दीपले अहिले सम्म ७ खेल खेल्दै १ सय ६८ रन खर्चिदै १० विकेट लिईसकेका छन् ।

जारी प्रतियोगितामा सन्दीपले १० विकेट लिने क्रममा पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १ विकेट लिएका थिए । दोस्रो खेलमा ट्रीनबेगो नाइट राइडर्सविरुद्ध १ विकेट,गुयाना एमेजन वारियर्सविरुद्ध २ विकेट,चौथो खेलमा गुयानाविरुद्धनै १ विकेट लिएका थिए । भने बार्बाडोससँगको पाँचौ खेलमा २ विकेट हात पारेका थिए ।

भने छ्टौं खेलमा सेन्ट किट्सविरुद्ध २ विकेट र नाइट राईडर्ससँगको अघिल्लो खेलमा १ विकेट लिएका थिए ।

यस सूचीमा जमैकाकै अफगानी खेलाडी मुजिव उर रहमान १३ विकेटसहित शीर्षस्थानमा रहेका छन् । भने सेन्ट लुसियाका स्कार्ट कुगेलिन ११ विकेट सहित दोस्रो स्थानमा छन् ।

यस्तै गुयाना अमेजन वारियर्सका इमरान ताहिर पनि ११ विकेटसहित तेस्रो स्थानमा र सेन्ट लुसियाका मोहम्मद नबी १० विकेटका साथ चौथों स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्