onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराटको खल्लो कप्तानी

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहली विश्व क्रिकेटका एक प्रतिभावान खेलाडी हुन् । भारतीय आधुनिक क्रिकेटमा उनको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

उनले भारतका लागि अनेकौं सफलता दिलाएका छन् । उनको कप्तानीमा अहिले भारतीय टोलीले विश्व क्रिकेटमा राम्रो गर्दै पनि आएको छ ।

तर यिनै विराट कोहलीको कप्तानी भने फेन्चाईज टोलीमा जम्न सकिरहेको छैन। विश्व क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ( आईपीएल ) को फेन्चाईज टिम रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी )को कप्तानी गर्दै आएका विराटको कप्तानी खल्लो हुँदै आएको छ ।

जसरी उनि विश्व क्रिकेटमा अघि बढिरहेका छन् । त्यसका बाबुजुत पनि बेङ्गलोरलाई अझै च्याम्पियन बनाउँन उनि संघर्षरत छन् । यसबीचमा बेङ्गलोर सन् २०१६ मा उपाधि नजिक पुगेपनि फाइनलमा हैदराबादसँग ८ रनले पराजित हुँदै पहिलोपटक च्याम्पियन बन्न बाट बन्चित भएको थियो ।

सन् २००८ देखि सुरु भएको आईपीएलमा उनि सुरुवाती अवस्था देखि बेङ्गलोरसम्म जोडिदै आएका छन् । त्यसपछि उनले सन् २०१३ देखि टिमको कप्तानीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अहिले विराट बेङ्गलोरको अभिन्न अगं जस्तै बनेका छन्। लाग्छ जतिबेला सम्म उनि क्रिकेट खेल्छन् उनले बेङ्गलोरबाहेक अन्य टोलीबाट खेल्ने छैनन् ।

आईपीएलका सर्वाधिक महँगा खेलाडी समेत रहेका विराटको प्रदर्शन भने निकै राम्रो हुँदै आएको छ। तर त्यसको विपरित टोलीको हुन् सकिरहेको छैन् । विराट कोहलीसँगै अन्य स्टार खेलाडीको बाहुल्यता भएपनि बेङ्गलोरले सोचे अनुरुप प्रदर्शन गर्न भने सकिरहेको छैन् ।

आईपीएल सुरु हुनु अघि बेङ्गलोरलाई पनि उपाधिको दाबेदार टिमको रुपमा लिने गरिन्छ । तर जति जति प्रतियोगिता सुरु हुँदै जान्छ । आशाहरु क्रमशः निराशामा परिणत हुँदै जान्छ । पछिल्ला तीन संस्करणमा त बेङ्गलोरले निकै निराशाजनक प्रदर्शन रहेको थियो ।

अघिल्लो संस्करणमा बेङ्गलोर कुल ८ टिमको सहभागिता रहने आईपीएलको अंकतालिकामा पुछाँरमा रहदै सिजन समापन गरेको थियो । बेङ्गलोरले प्रतियोगिता ८ खेलमा पराजित हुँदा मात्र ५ खेलमा जित हासिल गरेको थियो । त्यसअघि सन् २०१८ मा छटौं औं स्थानमा र सन् २०१७ मा आठौँ स्थानमा रहेको थियो ।

तर उनको कप्तानीमा बेङ्गलोरले सन् २०१६ मा फाइनलसम्मको यात्रा तय गरेको थियो । जुन आईपीएल इतिहासमा बेङ्गलोरको दोस्रो फाइनल समेत हो । त्यसअघि बेङ्गलोर सन् २००९ मा पनि फाइनल पुगेको थियो । त्यस बेला बेङ्गलोर डेक्कन चार्जर्ससँग ६ रनले पराजित हुन् पुगेको थियो ।

२०१६ अघि बेङ्गलोरले सन् २०१५ मा प्ले अफसम्मको यात्रा तय गर्दा सन् २०१४ मा सातौँ स्थानमा र सन् २०१३ मा पाँचौ स्थानमा रहदै बेङ्गलोरले प्रतियोगिताको समापन गरेको थियो ।

कप्तानीको रुपमा विराट त्यति सफल नभएको भएपनि ब्यक्तिगततर्फको प्रदर्शनमा भने उनले औंला उठाउने ठाउँ छोडेका छैनन् । हरेक सिजनमा उनको प्रदर्शन अब्बल हुँदै आएको छ । त्यसको फलस्वरुप उनि आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन् ।

हालसम्म आईपीएलमा १ सय ७७ खेल खेलेका विराटले पाँच शतक र ३६ अर्धशतकसहित ५ हजार ४ सय १२ रन बनाईसकेका छन् ।

अब आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन गईरहेको १३ औं संस्करणको आईपीएलमा बेङ्गलोरले कस्तो प्रदर्शन गर्नेछ त्यो भने हेर्न बाँकी रहेको छ । यस्तोमा यो भन्न सकिन्छ् । जसरी टिम अहिले देखिएको छ । त्यसको परिणाम पक्कै पनि यो सिजनमा राम्रो देख्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस्