अष्ट्रेलियाविरुद्धको सिरिजका लागि इंग्ल्यान्डले पनि गर्यो टिम घोषणा

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि इंग्ल्यान्डले पनि गर्यो टिम घोषणा

एजेन्सी । यहीँ शुक्रबार देखि सुरु हुन् गईरहेको अष्ट्रेलियासँगको टी- ट्वान्टी र एकदिवसीय सिरिजका लागि घरेलु टोली इंग्ल्यान्डले पनि आफ्नो टोलीको घोषणा गरेको छ ।

सोमबार घोषणा गरिएको टोलीमा दुबै ढाचाँको क्रिकेटमा कप्तानी इयोन मोर्गनले गर्नेछन् । तर दुबै फर्म्याटमा भने केही खेलाडीहरु परिवर्तन भएका छन् ।

टोलीमा जो रुट, जस बटलर, साम करन, जोफ्रा आर्चर, मार्क वुड र क्रिस वोक्सले सिमित ओभरमा पुनरागमन गरेका छन् ।यसअघि यी सबै खेलाडी पाकिस्तानसँगको टी- ट्वान्टी र आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा टिममा रहेका थिएनन् ।

यस सिरिजमा स्टार अलराउन्डर बेन स्टोक्स टोलीमा रहेका छैनन् । उनले आफ्नो बुवा विरामी भएको हुँदा यस सिरिज गुमाउने भएका हुन् । उनको अनुपस्थिती टिमका लागि पक्कै पनि खडकिने छ ।

सिरिज अन्तर्गत सुरुमा टी – ट्वान्टी हुनेछ । जसको सुरुवात सेप्टेम्बर ४ बाट हुनेछ । यस्तै दोस्रो खेल ६ तारिखमा र तेस्रो तथा अन्तिम खेल ८ तारिखमा हुनेछ ।

त्यसपछि एकदिवसीय खेल हुनेछ । विश्वकप छनोट अन्तर्गतको सुपर लिग अन्तर्गतको यस एकदिवसीय सिरिजको पहिलो खेल सेप्टेम्बर ११ तारिखमा , दोस्रो खेल १३ तारिखमा र १६ तारिखमा अन्तिम खेल हुनेछ ।

इंग्ल्यान्ड टी – ट्वान्टी टोली : इयोन मोर्गन(कप्तान) मोईन अली,जोफ्रा आर्चर,जोनाथन बेयरस्टो,टम बैन्टन,साम बिलिंग्स जोस बटलर,साम कुरान,टम कुरान,जो डेन्ली,क्रिस जोर्डन, डेविड मालन,आदिल रशीद र मार्क वुड

वैकल्पिक खेलाडी – लियाम लिभिङ्गस्टोन र साकिब महमूद

इंग्ल्यान्डको एकदिवसीय टोली : इयोन मोर्गन(कप्तान ), मोईन अली,जोफ्रा आर्चर,जोनाथन बेयरस्टो,टम ब्यान्टन,साम बिलिंग्स,जोस बटलर,साम कुरान,टम कुरान,आदिल रशिद, जो रूट,क्रिस वोक्स र मार्क वुड

वैकल्पिक खेलाडी – जो डेन्ली,साकीब महमूद

अष्ट्रेलियन टोली – आरोन फिन्च (कप्तान),सन एबट,एस्टन अगर,एलेक्स केरि,प्याट कमिन्स,जोश हेजलवुड,मार्नस लाबुसेन,नाथन लायन,मिचेल मार्श,ग्लेन म्याक्सवेल,राइली मेरीडिथ,जोश फिलिपे,ड्यानियल स्याम्स,केन रिचर्डसन,स्टिभ स्मिथ,मिचेल स्टार्क,मार्कस स्टोइनिस,एन्ड्रु टाई,म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा