onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लक्जेम्बर्ग त्रिकोणात्मक टी- ट्वान्टी सिरिज बेल्जियमलाई

एजेन्सी । युरोपेली मुलुक लक्जेम्बर्गमा भएको बेल्जियम , चेक रिपब्लिक र लक्जेम्बर्गबीचको त्रिकोणात्मक टी- ट्वान्टी सिरिजको उपाधि बेल्जियमले उचालेको छ ।

कोरोना भाइरस (कोभिड-१९ ) को प्रभावबाट लामो समयपछि फर्किएको एसोसियट क्रिकेटको पहिलो सिरिजमा बेल्जियम आईतबार च्याम्पियन बनेको छ ।

सिरिजमा ४ खेल खेलेको बेल्जियमले सबै खेलमा जित हासिल गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

सिरिज अन्तर्गत बेल्जियमले पहिलो खेलमा घरेलु टोली लक्जेम्बर्गलाई ३७ रनले पराजित गरेको थियो । भने दोस्रो खेलमा चेक रिपब्लिकलाई ४६ रनले पराजित गर्दा तेस्रो खेलमा पनि चेक रिपब्लिकलाई ८७ रनले पराजित गरेको थियो । यस्तै सिरिजको अन्तिम खेलमा बेल्जियमले लक्जेम्बर्गलाई ४९ रनले पराजित गरेको थियो ।

यता सिरिजमा लक्जेम्बर्गले चेक रिपब्लिकलाई ६३ रनले पराजित गर्दा चेक रिपब्लिकले पनि लक्जेम्बर्गलाई ५ विकेटले पराजित गरेको थियो ।

आईसीसीको टी- ट्वान्टी वरियतामा बेल्जियम यी दुई भन्दा अगाडि रहेको छ । हाल बेल्जियम वरियताको ४६ औं स्थानमा रहेको छ । भने चेक रिपब्लिक ६१ औं र लक्जेम्बर्ग ६३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्