onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईको नयाँ जर्सी सार्वजनिक

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको आईपीएलको मिति नजिकिदै गर्दा मुम्बईले नयाँ जर्सी सार्वजनिक गरेको छ।

मुम्बईले आफ्नो पुरानै ढाँचामा सामान्य परिवर्तन गरेर नयाँ जर्सी तयार गरेको छ । भारतीय क्रिकेट टोलीका उप – कप्तान समेत रहेका रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई यसपटक पनि उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ ।

सन् २०१३ मा पहिलोपटक आईपीएलको च्याम्पियन बनेको मुम्बईले त्यसपछि सन् २०१५, २०१७ र अघिल्लो संस्करणमा पनि उपाधि उचालेको थियो ।

गत संस्करणमा मुम्बई च्याम्पियन बन्ने क्रममा फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई शनसनिपूर्ण १ रनले पराजित गरेको थियो ।

यता मुम्बई टोली आईपीएलका लागि युएई पुगि सकेको छ । केही दिन क्वारेन्टाइनमा बसिसकेपछि अहिले टोली तयारीका लागि मैदानमा पनि फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्