onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हफिज र बाबर चम्किँदा इंग्ल्यान्डले पायो ठूलो विजयी लक्ष्य

एजेन्सी ।मोहम्मद हफिज र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेलेपछी तीन खेलको टी- ट्वान्टी सिरिजको दोस्रो खेलमा पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डसामू १ सय ९६ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।

म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको छ ।

खेलमा पाकिस्तानले सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो । उसका लागि ओपनरद्वय बाबर आजम र फखर जमानले ७३ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका फखर जमानले आदिल रासिदको बलमा क्याच आउट हुनुअघि २२ बलको सामना गर्दै ५ चौका र १ छ्क्कासहित ३५ रन बनाएका थिए ।

त्यसपछि टिमका कप्तान समेत रहेका अर्का ओपनर ब्याट्सम्यान १२.४ ओभरमा टिमको स्कोर १ सय १२ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन पुगे । ४४ बलको सामना गरेका उनले ५ चौकासहित ५६ रनको योगदान गरेका थिए । उनि पनि आदिल राशिदको बलमानै क्याच आउट हुन् पुगेका थिए ।

ओपनरले ठोस सुरुवात दिलाएको खेलमा त्यसपछि टिमको पारीलाई मोहम्मद हफिज र शोएब मलिकले अगाडि बढाएका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ५० रनको साझेदारी हुन् पुगेको थियो ।

१६. ३ ओभरमा टिमको स्कोर १ सय ६२ रन हुँदा क्रिस जोर्डनको बलमा कप्तान इयोन मोर्गनको हातबाट क्याच आउट हुँदै मलिक १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

मलिक आउट भएपछि हफिजलाई साथ दिन इफ्तिखार अहमद मैदानमा आएका थिए ।त्यस क्रममा हफिजले इनिङमा सर्वाधिक धेरै रन बनाउने क्रममा ६९ रन बनाए ।
टम कुरानको बलमा आउट हुनुअघि उनले ३६ बलको सामना गर्दै उक्त रन बनाउने क्रममा ५ चौका र ४ छ्क्का प्रहार गरे । भने अहमद ८ रनमा अविजित रहे ।

अब पाकिस्तानले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै घरेलु टोली इंग्ल्यान्डले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्