onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डविरुद्ध पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा भर्खरै भएको टसमा घरेलु टोली इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

यसअघि वर्षा बाधक बनेको पहिलो खेलमा टस जितेर पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।

जसअनुरुप इंग्ल्यान्डले १६.१ ओभर भित्र ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको अवस्थामा मैदानमा भारी मात्रामा पानी पर्न थालेपछि अन्ततः खेल पूरानै हुन् सकेको थिएन । त्यस क्रममा इंग्ल्यान्डका टम बेन्टनले ७१ रनको पारी खेलेका थिए ।

यस खेलपछि सिरिजको अन्तिम खेल मंगलबार हुनेछ । यस टी- ट्वान्टी सिरिज भन्दा अघि यी दुई टोलीबीच ३ खेलको टेस्ट सिरिज पनि भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्