onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलले रैनालाई ठूलो मिस गर्नेछ – शेन वाट्सन

एजेन्सी । अष्ट्रेलियन अलराउन्डर शेन वाट्सनले सुरेश रैनाले आईपीएल नखेल्ने भएपछि भिडियो सन्देशबाट दुख ब्यक्त गरेका छन् ।

रैनाले ब्यक्तिगत कारण देखाउँदै सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको आईपीएल नखेल्ने बताएका थिए ।

यस क्रममा अहिले विश्वभरबाट उनका सुभचिन्तक तथा समर्थकहरुले विभिन्न किसिमका प्रतिक्रिया दिईरहेका छन् ।

यसबीचमा रैनासँगै चेन्नई सुपर किंग्सबाट खेल्दै आएका वाट्सनले पनि उनको कमि आईपीएलमा खड्किने भन्दै टिमले पनि ठूलो मिस (सम्झिने ) गर्ने बताएका छन् ।

उक्त कुरा उनले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममार्फत शनिबार ब्यक्त गरेका थिए । वाट्सन पनि चेन्नईका महत्वपूर्ण विदेशी खेलाडी हुन् । उनले अहिलेसम्म आईपीएलमा १ सय ३४ खेल खेल्दै ३५ सय ७५ रन बनाईसकेका छन् ।

यता यस संस्करणको आईपीएल गुमाउन पुगेका रैना आईपीएलका सफल खेलाडी मध्यमा पर्ने गर्छन् । ३३ वर्षिय रैना आईपीएलमा धेरै रन बनाउँने खेलाडीको सूचीको दोश्रो स्थानमा रहेका छन् ।

आईपीएलमा १ सय ९३ खेल खेलेका उनले ५ हजार ३ सय ६८ रन बनाएका छन् । भने पहिलो स्थानमा विराट कोहली रहेका छन् । उनले ५ हजार ४ सय १२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्