onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहितले प्राप्त गरे भारतको सबैभन्दा ठूलो खेल पुरस्कार

एजेन्सी । भारतीय क्रिकेट टोलीका उप – कप्तान रोहित शर्मासहित पाँच खेलाडीले भारतको सबैभन्दा ठूलो खेल पुरस्कार ‘खेल रत्न अवार्ड’ शनिबार प्राप्त गरेका छन् ।

फाइल फोटो

भारतको खेलकुद दिवसको अवसर पारेर राष्ट्रपतिले शनिबार भर्चुअल माध्यमबाट खेलाडीलाई सम्मानित गरेका थिए । हाल आईपीएलमा सहभागी हुन् युएईमा रहेका रोहित भने यस भर्चुअल समारोहमा अनुपस्थित रहे । अन्य खेलाडीहरुको भने उपस्थिति रहेको थियो ।

यसअघि राष्ट्रपति निवासमा एक समारोहका साथ खेलाडीहरु सम्मानित हुने गर्थे तर लामो इतिहास बोकेको यस अवार्ड पहिलो पटक यसरी वितरण गरिएको हो ।

रोहितसँगै यस अवार्ड प्राप्त गर्नेमा टेबल टेनिसकी मनिका बत्रा, कुस्तीकी विनेस फोगाट हक्कीकी रानी रामपाल र पारा एथ्लेटिक्सकी मारियापान थंगाभेलु रहेका छन् ।

यता रोहित यस अवार्ड प्राप्त गर्ने चौथों क्रिकेटर बनेका छन् । यसअघि यो अवार्ड सचिन तेन्दुलकर,महेन्द्र सिंह धोनी र विराट कोहलीले पनि प्राप्त गरिसकेका छन् ।

‘खेल रत्न अवार्ड’सँगै २७ जना खेलाडीहरुलाई अर्जुन अवार्ड पनि दिईएको छ । जसमा क्रिकेटर ईशान्त शर्मा पनि सामेल रहेका छन् ।

खेल रत्न प्राप्त गर्ने खेलाडीहरुले सम्मानका साथ नगद २५ लाख भारतीय रुपिए र अर्जुन अवार्ड प्राप्त गर्ने खेलाडीहरुले जनही १५/१५ लाख प्राप्त गरेका छन् ।

राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठूलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व स्व.प्रधानमन्त्री राजीव गान्धीको नाममा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्