onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आफ्नो छ्क्काले आफ्नैं गाडीको सिसा फुट्यो : केभिन भन्छन्,‘अब टाढा पार्किङ गर्छु’

एजेन्सी । विश्व क्रिकेटमा आक्रमक ब्याट्सम्यानको छवि बनाएका आयरल्यान्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले आयरल्यान्डको घरेलु क्रिकेट प्रतियोगिताका दौरान आफूले प्रहार गरेको बलले आफ्नै गाडीको सिसा फुटालेका छन् ।

बिहिबार अन्तर प्रदेश टी- ट्वान्टी ट्रफीमा लीनस्टर लाइटनिंगबाट खेलिरहेका केभिनले नर्थ वेस्ट वारियर्सविरुद्ध प्रहार गरेको छ्क्काले उनको गाडीको सिसा फुटेको थियो ।

डब्लिनमा भएको उक्त खेलमा उनको टिम लीनस्टर डिएल मेथडका आधारमा २४ रनले विजयी भएको थियो । त्यस क्रममा केभिनले ३७ बलको सामना गर्दै ३ चौका र ८ छ्क्कासहित ८२ रन बनाएका थिए ।

यसरी खेलको दौरान आफ्नो बलले आफ्नै गाडीको सिसा फुटेपछि केभिनले यस घटनालाई रमाईलोका साथ लिदै प्रतिक्रिया समेत दिएका छन् ।

आयरल्यान्ड क्रिकेटले आफ्नो सामाजिक संजालमार्फत यस कुरालाई बाहिर ल्याएपछि अहिले यसको व्यापक चर्चा भईरहेको छ । विश्व क्रिकेटमा यी यस्ता कुराहरु बेला बेलामा भने भईरहेको हुन्छ ।


यस्तोमा केभिनले यसलाई मध्यनजरमा राख्दै अब देखि गाडीलाई अलिकति टाढा पार्किङ गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्