onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्ड र पाकिस्तानबीचको टी- ट्वान्टी सिरिजको पहिलो खेल आज हुँदै

एजेन्सी । इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले टेस्ट सिरिजपछि आज देखि तीन खेलको टी- ट्वान्टी सिरिज खेल्दैछ ।

खेल नेपाली समय अनुसार शुक्रबार राति पौने ११ बजेपछि म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा हुने खेलमा पाहुना टोली पाकिस्तान सुखद नतिजा निकाल्न चाहन्छ ।

तीन खेलको टेस्ट सिरिज १-० ले गुमाएको पाकिस्तान टी- ट्वान्टी सिरिज आफ्नो नाममा लेखाउँदै स्वदेश फर्किन चाहन्छ । त्यसकारण आजको खेलमा पाकिस्तान सोही रणनीतिका साथ मैदानमा उत्रिने छ ।

विशेष गरि लिमिटेड ओभरमा पाकिस्तानले पछिल्लो समय राम्रो गर्दै आएको पनि छ । विषेशत आजको खेलमा पाकिस्तानका विश्व वरियताको शीर्ष स्थानमा रहेका कप्तान बाबर आजम र इंग्ल्यान्डका इयोन मोर्गनको प्रदर्शनलाई पनि खास चासोका साथ हेरिएको छ ।

यता इंग्ल्यान्डलाई आफ्नो नियमित ओपनर ब्याट्सम्यान जेसन रोयको अनुपस्थित खड्किने छ । टेस्ट खेलपछि टी- ट्वान्टी सिरिजको तयारीका क्रममा उनि बुधबार चोटिल हुन् पुग्दा उनि अहिले टिम बाहिर रहेका छन् ।

यस्तै चोट रिकभर हुन् समय लाग्ने भएपछि उनि सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल ) पनि गुमाउने भएका छन् । उनि आईपीएलमा दिल्लीसँग आवद्ध रहेका थिए ।

यो खेलपछि सिरिजको दोस्रो खेल आईतबार र अन्तिम खेल मंगलबार हुनेछ ।

इंग्ल्यान्ड टोली : इयोन मोर्गन (कप्तान )टम ब्यान्टन, जोनी बेयरस्टो, डेविड मालन, इयोन मोर्गन , साम बिलिंग्स, मोइन अली, टम कुरान, डेभिड विले, क्रिस जोर्डन, आदिल रशीद, साकीब मेहमूद, जो डेली र लुइस ग्रेगरी

पाकिस्तान टोली : बाबर आजम (कप्तान ), फखर जमान, हैदर अली, शोएब मलिक, सरफराज अहमद , इफ्तिखार अहमद, इमाद वसीम, शादाब खान, मोहम्मद अमीर, वहाब रियाज, शाहीन अफरीदी, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, नसीम शाह , मोहम्मद हसनैन र हरिस रउफ

प्रतिक्रिया दिनुहोस्