onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एथलेटिक्स खेलाडी चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं (अनलाइन खेल खबर ) । एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटमा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार राखेपले एक प्रेस विज्ञप्ति जारी गरी खेलाडी चन्द्रकलामाथि भएको कुटपिट प्रती राखेपको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सविधान प्रदत नागरिक हक अधिकार एवम् राज्यलाई समेत चुनौती दिने गरी भएको उक्त पाशविक एवम् अमानविय घटनाका दोषी माथि प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गर्नको लागि राखेपले माग गरेको छ ।

यस्तै पिडित खेलाडीको सिघ्र स्वास्थ्य लाभको काम गर्दै आवश्यक सहयोग राखेपले गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

भदौं ८ गते राति झापाको मेचिनगरस्थित चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी पत्‍नी विष्णुले जातीय विभेदयुक्त गाली गर्दै चन्द्रकला र उनका पति सुमन खातीमाथि आक्रमण गरेका थिए ।

लामगादेले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्णपदक जितेकी थिइन् । गर्भवती समेत रहेकी उनको अहिले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्