onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट कोहली पिता बन्दै

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता बन्न लागेका छन् ।

बिहिबार आफ्नो सामाजिक संजालमार्फत आफू पिता बन्न लागेको कोहलीले जानकारी गराएका छन् ।

हाल इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्न युएईमा रहेका कोहलीले आफ्नो र श्रीमती अनुष्का शर्मा को फोटोसहित आफ्ना सुभ चिन्तक र समर्थकहरुसामू उक्त खुशीलाई बाडेका छन् ।

लामो समय प्रेम सबन्धमा रहेको यो जोडी सन् २०१७ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह समारोह ईटालीमा भएको थियो । जहाँ दुबैको परिवारको मात्र सहभागिता रहेको थियो । भने पछि मुम्बईमा रिसेप्सन भएको थियो ।

अनुष्का बलियुडकी चर्चित अभिनेत्री समेत हुन् । उनले बलियुडमा कयौं राम्रो चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्