onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप सर्वाधिक विकेट कर्ताको पाँचौ स्थानमा

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् ।

बिहिबार बिहान बार्बाडोस ट्राईडेन्ट्ससँगको खेलमा २ विकेट लिएपछि उनि सूचीको पाँचौ स्थानमा उक्लिएका हुन् ।

जमैका तल्लावाजसँग आवद्ध सन्दीपले अहिले सम्म ५ खेल खेल्दै ८९ रन खर्चिदै सात विकेट लिईसकेका छन् ।

जारी प्रतियोगितामा सन्दीपले सात विकेट लिने क्रममा पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १ विकेट लिएका थिए । दोस्रो खेलमा ट्रीनबेगो नाइट राइडर्सविरुद्ध १ विकेट,गुयाना एमेजन वारियर्सविरुद्ध २ विकेट,चौथो खेलमा गुयानाविरुद्धनै १ विकेट लिएका थिए । भने बार्बाडोससँगको पाँचौ खेलमा २ विकेट हात पारेका थिए ।

यस सूचीमा जमैकाकै अफगानी खेलाडी मुजिव उर रहमान १२ विकेटसहित शीर्षस्थानमा रहेका छन् । भने सेन्ट लुसियाका स्कार्ट कुगेलिन १० विकेट सहित दोस्रो स्थानमा छन् ।

यस्तै गुयाना अमेजन वारियर्सका इमरान ताहिर ९ विकेटसहित तेस्रो स्थानमा र सेन्ट किट्सका रायद एमरिट ७ विकेटसहित चौथों स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्