onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अफगानी खेलाडीले सिपीएलको प्ले अफ खेल गुमाउने

एजेन्सी । अफगानिस्तानका खेलाडीहरुले क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) को प्ले अफ खेलहरु गुमाउने भएका छन् ।
यसबीचमा अफगानिस्तानको घरेलु क्रिकेट प्रतियोगिता शापेजा क्रिकेट लिग सुरु हुन लाग्दै गर्दा अफगानिस्तान क्रिकेट बोर्ड(एसीबी) ले उनिहरुलाई बोलाएपछि सिपीएलका अत्यतिरका खेलहरु उनिहरुले गुमाउने भएका हुन् ।

अफगानिस्तान क्रिकेट बोर्डले सन्चालन गर्ने यस शापेजा क्रिकेट लिग सेप्टेम्बर ६ देखि १८ सेप्टेम्बर सम्म चल्नेछ । भने सिपीएल १० तारिखमा सकिदैछ ।

सिपीएलमा राशिद खान,मुजिव उल रहमान,मोहम्मद नबी , नवीन उल हक,जाहिर खान र नजिबुल्ला जार्दनको सहभागीता रहेको छ ।

११ दिनसम्म चल्ने शापेजा क्रिकेट लिगमा कुल ६ टिमको सहभागिता रहने छ । जसमा १९ खेलहरु समाबेश रहेका छन् । सबै खेलहरु काबुलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्