onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एविन लुइसको सानदार ब्याटिङमा सेन्ट किट्सको पहिलो जित

एजेन्सी । एविन लुइसले सानदार ब्याटिङ गरेपछि सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले जारी क्यारेबियन प्रिमियर लिग( सिपीएल)मा पहिलो जित हासिल गरेको छ ।

यसअघि प्रतियोगितामा लगातार तीन खेल गुमाएको सेन्ट किट्सले पहिलो जित निकाल्ने क्रममा बार्बाडोस ट्राईडेन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । बार्बाडोसको पनि यो तेस्रो हार हो ।

खेलमा बार्बाडोसले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी चुनौतीलाई सेन्ट किट्सले १९.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा एविन लुइसले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरे । सानदार ब्याटिङ गरेका उनले टिमका लागि ८९ रनको योगदान गरेका थिए । ६० बलको सामना गरेका उनले २ चौका र ९ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि विकेट किपर ब्याट्सम्यान डेनेस रामदीनले २० रन जोड्दा अविजित रहेका बेन डन्कले २२ रन थप्दै टिमलाई पहिलो जित दिलाए ।

बलिङतर्क बार्बोडसका काइल मेयर्सले २ तथा कप्तान जेसन होल्डर र राशिद खानले १/१ विकेट लिएका थिए ।

त्यसअघि क्विन्स पार्क ओवलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बोडसले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

उसका लागि कोरी एन्डरसनले सर्वाधिक ३१ रनको योगदान पुर्याउदा शाई होपले २९ रन ,एशले नुरसेले २५ र ओपनर ब्याट्सम्यान जॉनसन चार्ल्सले २५ रन बनाएका थिए ।

बलिङतर्फ सेन्ट किट्सका लागि जोन रसले २ तथा इमरान खान , रायद इम्रीत,अल्जारी जोसेफ र सोहेल तनवीरले समान १/१ विकेट लिएका थिए ।

यो जितसँगै सेन्ट किट्स ४ खेलबाट २ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने बार्बोडस समान ४ खेलबाट २ अंक जोड्दै अंकतालिकाको पुँछारमा ओर्लिएको छ ।

यता अब प्रतियोगितामा बुधबार बिहान नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले आफ्नो चौथो खेलमा गुयाना अमेजन वारियर्सको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ३ बजेपछि क्विन्स पार्क ओवलमा सुरु हुनेछ

प्रतिक्रिया दिनुहोस्