onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जेम्स एन्डरसन बने टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीब्र गतिका बलर

एजेन्सी । इंग्ल्यान्डका चर्चित तिब्र गतिका बलर जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने विश्वका चौथों र तीब्र गतिको बलरतर्फबाट पहिलो खेलाडी बनेका छन् ।

पाकिस्तान र इंग्ल्याण्डबीचको तीन खेलको टेस्ट सिरिज अन्तर्गत अहिले जारी अन्तिम खेलमा जेम्सले २ विकेट हात पारेसँगै टेस्ट क्रिकेटमा उनले ६ सय विकेट पूरा गरेका हुन् ।

इंग्ल्यान्डको तर्फबाट सर्वाधिक सफल बलर समेत रहेका जेम्सले सन् २००३ मा जिम्बाबेविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा पाईला चालेका थिए ।

यसबीचमा उनले १ सय ५५ टेस्ट खेल तथा १ सय ९४ एकदिवसीय र १९ टी- ट्वान्टी अन्तर्राष्ट्रिय पनि खेलिसकेका छन् ।

यता विश्व टेस्ट क्रिकेटमा श्रीलंकाका मुथ्थैया मुरलिधरनले सर्वाधिक धेरै विकेट लिएका छन् । सर्वाधिक धेरै विकेट लिने क्रममा उनको नाममा ८ सय विकेट रहेको छ ।

यस्तै ७ सय ८ विकेटसहित अष्ट्रेलियाका शेन वार्न दोस्रो स्थानमा रहेका छन् । भने जेम्स भन्दा एक स्थान माथि रहेका भारतका अनिल कुम्बेले ६ सय १९ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्