onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला क्रिकेटरको पनि कोरोना बीमा गरियो !

काठमाडौं (अनलाइन खेल खबर )। नेपाल क्रिकेट संघ (क्यान)ले हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस (कोभिड -१९)लाई मध्यनजरमा राख्दै महिला क्रिकेटरको बीमा गरेको छ ।

यसअघि पुरुष खेलाडीसँगै कार्यलय र मैदान कर्मचारीगरी कुल ५१ जनाको बीमा गरेको क्यानले दोस्रो चरणमा १८ जना महिला क्रिकेट खेलाडीको बीमा गरेको छ ।

मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको जानकारी गराएको छ ।

जसमा अघिल्लो वर्ष नेपालमा भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग ) का दौरान नेपाली टोलीमा रहेका १५ जनासहित ३ जना वैकल्पिक खेलाडीको बीमा गरिएको हो ।

सागका लागि घोषणा गरिएको टोलीमा कप्तान रुबिना क्षेत्रिसहित सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवर रहेका थिए ।

यस्तै वैकल्पिक खेलाडीमा रुपमा ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्य रहेका थिए । यता घरेलु भूमिमा भएको सागमा नेपाली टोलीले माल्दिभ्सलाई हराउँदै कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्