onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बुधबार बिहान जमैकाले गुयानाको सामना गर्दै : सन्दीप खेल्ने प्रबल सम्भावना

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले आफ्नो चौथो खेलमा बुधबार बिहान गुयाना अमेजन वारियर्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार बिहान सवा ३ बजेपछि क्विन्स पार्क ओवलमा सुरु हुने खेलमा जमैका दोस्रो जितको खोजिमा रहने छ । लिगमा जमैका र गुयानाको यो दोस्रो भेट समेत हो । पहिलो भेटमा १४ रनले पराजित हुन् पुगेको जमैका दोस्रो भेटमा भने सुखद नतिजा निकाल्न चाहन्छ ।

प्रतियोगिताको लिग चरणमा एक टिमले १० खेल खेल्ने हुँदा प्रतियोगिताको सेमिफाइनल पुग्न जमैकाका लागि अबका खेल उत्तिकै महत्वपूर्ण रहेको छ ।

यदी यो खेल पनि गुमाएको खण्डमा जमैकालाई सेमिफाइनल पुग्न कठिन बन्दै जानेछ । अहिलेसम्म ३ खेल खेलेको जमैका २ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको जमैकाले त्यसपछिका दुई खेल गुमाएको थियो । जमैका दोस्रो खेलमा नाइट राईडर्ससँग ७ विकेटले र तेस्रो खेलमा गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको थियो ।

यता गुयानाले अहिलेसम्म ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोर्दै अंकतालिकामा ४ अंकसहित तेस्रो स्थानमा रहेको थियो ।

जसअन्तर्गत गुयानाले पहिलो खेल गुमाउने क्रममा नाइट राईडर्ससँग ४ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा गुयानाले सेन्ट किट्सलाई ३ विकेटले पराजित गरेको थियो ।

त्यसपछि तेस्रो खेलमा गुयानाले जमैकालाई १४ रनले पराजित गरेको थियो ।चौथो खेलमा भने गुयाना सेन्ट लुसियासँग १० रनले पराजित हुन् पुगेको थियो ।

यता यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई टिमले अन्तिम -११ मा स्थान दिने उच्च सम्भावना रहेको छ । सुरुवाती दुई खेलमा मध्यम प्रदर्शन गरेका सन्दीपले तेस्रो खेलमा गुयानाविरुद्ध सानदार बलिङ गरेका थिए । र फेरी सोही टिमसँग जमैकाले खेल्ने हुँदा सन्दीपको सम्भावना थप बलियो बनेको छ ।

सन्दीपले उक्त खेलमा आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै मात्र ८ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । यो सँगै सन्दीपले जारी सिपीएलमा आफ्नो विकेट सङ्ख्या ४ पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्