कप्तान अजहर अलि बने टेष्टमा ६ हजार रन पूरा गर्ने पाँचौ पाकिस्तानी खेलाडी

कप्तान अजहर अलि बने टेष्टमा ६ हजार रन पूरा गर्ने पाँचौ पाकिस्तानी खेलाडी

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका कप्तान अजहर अलिले टेष्ट क्रिकेटमा ६ हजार रन पूरा गरेका छन् ।

फाइल फोटो

आईतबार इंग्ल्यान्डसँग जारी तीन खेलको टेष्ट सिरिजको तेस्रो खेलको पहिलो पारीमा अजहरले १ सय ४१ रन बनाएपछि उनले ६ हजार रन पूरा गरेका हुन् ।

सन् २०१० देखि टेष्ट क्रिकेटमा पाईला चालेका उनले यसबीचमा ८० खेलमा १ सय ५० इनिङ खेल्दै उक्त रन बनाउन सफल भएका हुन् ।

क्रिकेटमा एक दशक बिताईसकेका अजहरले टेष्ट क्रिकेटमा १६ शतक र ३१ अर्धशतक पनि जोडेका छन् ।

यता अहजर टेष्ट क्रिकेटमा ६ हजार रन पूरा गर्ने पाकिस्तानका पाँचौ खेलाडी समेत बनेका छन् । जसमा पहिलो स्थानमा युनिस खान रहेका छन् । उनले १० हजार ९९ रन बनाएका छन् ।

त्यस्तै ८ हजार ८ सय ३२ रन बनाउँदै जावेद मियाँदाद दोस्रो स्थानमा , ८ हजार ८ सय २९ रन बनाउँदै इन्जामाम उल हक तेस्रो स्थानमा रहेका छन् । भने ७ हजार ५ सय ३० रन बनाएका मोहम्मद युसिफ चौथो स्थानमा रहेका छन् ।

विश्व क्रिकेटमा भने टेष्टतर्फ भारतका भेट्रान खेलाडी सचिन तेन्दुलकरले सर्वाधिक धेरै रन बनाउँने क्रममा १५ हजार ९ सय २१ रन बनाएका छन् ।