onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार तेस्रो जित निकाल्दै नाइट राइडर्स शीर्ष स्थानमा उक्लियो

एजेन्सी । क्यारेबियन प्रिमियर लिग ( सिपीएल)मा ट्रिनबागो नाइट राइडर्सले लगातार तेस्रो निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्ने क्रममा नाइट राईडर्सले आईतबार राति भएको खेलमा बार्बाडोस ट्राईडेन्ट्सलाई १९ रनले पराजित गरेको थियो ।

खेलमा नाइट राईडर्सले प्रस्तुत गरेको १ सय ८६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६६ रनमा सिमित हुन् पुगेपछि खेल नाइट राईडर्सले आफ्नो पक्षमा पारेको थियो ।

ठूलो विजयी लक्ष्य पछ्याएको बार्बाडोसले सुरुवात भने राम्रो गरेको थियो ।७.६ ओभरमा टिमको स्कोर ६८ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान जोन्सन चार्ल्सलाई गुमाएको थियो ।

३३ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्काको मद्दतमा ५२ रन बनाएका थिए । यस्तै अर्का ओपनर ब्याट्सम्यान शाई होपले ३६ रनको योगदान गरेका थिए ।

अत्यतिर कप्तान जोसन होल्डरले अविजित रह्दै ३४ रन जोडेपनि टिमलाई जिताउन भने असफल रहे ।

बलिङतर्फ नाइट राईडर्सका अलि खान , फवाद खान , सुनिल नारायण ,जेडेन सिल्स र ख्यारी पियरेले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

टिमलाई ठूलो योगफलतर्फ पुर्याउन डरेन ब्राभो र कप्तान पोलाण्डबीच १ सय २ रनको साझेदारी हुन् पुगेको थियो । अविजित रहेका दुबैले क्रमश : ५४ र ४१ रन बनाएका थिए ।

त्यसअघि कोलिन मुनरोले पनि ५० रनको योगदान गरेका थिए । भने ओपनर ब्याट्सम्यान लेन्डल सिमन्सले २१ तथा सुनिल नारायणले ८ रन जोडेका थिए ।

बलिङतर्फ बार्बाडोसका राशिद खान , एशले नर्स र कप्तान जोसन होल्डरले समान १/१ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको नाइट राईडर्सले अंकतालिकामा ६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । भने अहिलेसम्म तीन खेल खेलेको बार्बाडोस २ खेलमा हार र एक खेलमा जित निकाल्दै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्